नेपाल र भानुआटुबीच जलवायु सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

नेपाल र भानुआटुबीच जलवायु सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौँ - नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्यक्षतिर नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा नेपालका कृषि, वन तथापर्यावरणमन्त्रीगिता चौधरी र भानुआटुका जलवायु परिवर्तनमन्त्री राल्फ रेगेनभानुबीच भएको द्विपक्षीय भेटवार्तामा जलवायु सङ्कटर साझा सहकार्यकाविषयमा छलफल भएको हो।

भेटवार्तामा मन्त्री चौधरीले नेपाल र भानुआटु दुवै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुक भएकाले हिमाल र महासागरकोसंरक्षणकालागि साझा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो।

भेटवार्ताका क्रममा नेपालले हिमालसम्बन्धी विषयलाई कोप–३१ का मुख्य निर्णयमा समावेश गर्न भानुआटुको समर्थनसमेत मागगरेकोथियो। जलवायुजन्य क्षति तथा नोक्सानीको सम्बोधनका लागि दुवै मुलुकले अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त आवाज उठाउनुपर्नेमापनिजोड दिइएको थियो।

दुवै पक्षले हिमाल, महासागर, जलवायु न्याय, अनुकूलन तथा जलवायुजन्य क्षति र नोक्सानीसम्बन्धी विषयमा साझा धारणा निर्माणगर्दैअन्तर्राष्ट्रिय सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल गरेका छन्।

उहाँले ‘सगरमाथादेखि समुद्रसम्म’ अवधारणामार्फत हिमाली मुलुक र टापु राष्ट्रले भोगिरहेका जलवायु सङ्कटका विषयलाई साझाएजेन्डाकारूपमा अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन प्रस्ताव गर्नुभयो। हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या एकअर्कासँगअन्तरसम्बन्धितरहेको उल्लेख गर्दै उहाँले हिमाल र महासागरको संरक्षणलाई जलवायु वार्ताको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

मन्त्री चौधरीले नेपालमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिबारे जानकारीगराउँदैविपद्पछि भानुआटुले व्यक्त गरेको ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो।

खबरपाटी
खबरपाटी