काठमाडौँ - चीनको शेन्जेनमा चीनका राष्ट्रपति सी जिन पिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच त्रिपक्षीय वार्ता शुरु भएको छ। आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा उनीहरूबीच त्रिपक्षीय वार्ता शुरु भएको हो।
आफ्ना देशका राष्ट्रिय झण्डा अगाडि उभिएर परम्परागत सामूहिक तस्बिर खिचाउँदै तीनै नेताले बैठकको औपचारिक शुरुआत गरे। बैठकको सुरुवाती मन्तव्यमा रुसका राष्ट्रपति पुटिनले युक्रेन युद्ध आफ्नो मुख्य चासोको विषय रहने बताए। पछिल्लो २४ घण्टामा आफूले सी र ट्रम्पसँग गरेको छुट्टाछुट्टै छलफलको प्रसङ्ग उनले सुनाए।
आयोजक मुलुक चीनका राष्ट्रपति सीले यो अभूतपूर्व बैठकको विशेष महत्त्व रहेको बताए। उनले ठूला शक्ति राष्ट्रहरू मिलेर बस्दा नै विश्वमा शान्ति कायम हुने भन्दै उनले विश्वव्यापी चुनौतीहरू समाधान गर्न तीनै देश एकजुट हुनुपर्नेमा जोड दिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने आणविक हतियारका विषयमा छलफल गर्न तीन देश सबैभन्दा उपयुक्त स्थितिमा रहेको बताए। विगतका नेतृत्वले असमझदारी भएका नेताहरूसँग संवाद टार्ने गरेको स्मरण गरे। अवसरहरू पन्छाएर कहिल्यै शान्ति निर्माण हुन नसक्ने उनको भनाइ छ।