चार दिनमा १५ हजार २ सयले घट्यो सुनको भाउ

चार दिनमा १५ हजार २ सयले घट्यो सुनको भाउ

काठमाडौं - सुनको भाउ चार दिनमा १५ हजार बढीले घटेको छ।

तिहारपछिको पहिलो कारोबार दिन शुक्रबार एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार १ हजार ५०० रुपैयाँले र सोमबार १ हजार १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको अवस्था, सेयर बजारमा आएको सुधार र अमेरिकी राजनीतिक घटनाक्रमलाई सुनको मूल्य घट्नुका प्रमुख कारणका रूपमा हेरिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि घट्दै गएको छ। आज चाँदी तोलामा ८० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

खबरपाटी
खबरपाटी