आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।