आज ५ हजारले घट्यो सुन

आज ५ हजारले घट्यो सुन

काठमाडौं  - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेको हो।

सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५१० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

 

खबरपाटी
खबरपाटी