रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ । कबिन्द्र बुर्लाकोटी  संयोजक रहेको विधान संशोधन कार्यदलले पूर्णता पाएको हो । 

कार्यदलको सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ छन् । 

कार्दलको पहिलो बैठक आज दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपा, संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए । 

खबरपाटी
खबरपाटी