मन्त्री चौधरी र युनिसेफ नेपालका प्रतिनिधि अकुङ्गाबीच शिष्टाचार भेट

मन्त्री चौधरी र युनिसेफ नेपालका प्रतिनिधि अकुङ्गाबीच शिष्टाचार भेट

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गाले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । 
मन्त्रालयमा भएको भेटमा बालअधिकार, पोषण, जलवायु परिवर्तन, वातावरण संरक्षण तथा बालमैत्री विकासका विषयमा छलफल भएको छ । 
वंशाणुगत रोग सिकलसेल एनेमियामा विशेषगरी बालबालिक, युवा, महिलालाई युनिसेफले जोड दिनुपर्ने विषयमा छलफल भएको छ । 
यसकासाथै बालबालिकाको पोषण सुधार, खाद्य सुरक्षा, दिगो कृषि प्रणालीको विकास तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि प्राथमिकताका साथ काम गरिरहेको मन्त्री चौधरीले बताउनुभयो । युनिसेफसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने मन्त्री चौधरीले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 
युनिसेफकी नेपाल प्रतिनिधि अकुङ्गाले नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सहयोग विस्तार गर्न युनिसेफ प्रतिबद्ध रहेको बताउनुभयो । 
भेटमा दिगो विकास लक्ष्य प्राप्तिका लागि कृषि, वातावरण तथा बालअधिकारसँग सम्बन्धित कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले अघि बढाउने विषयमा समेत छलफल भएको छ ।

खबरपाटी
खबरपाटी