रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौँ – बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ। केन्द्रको निर्देशन अनुसार एमाले बागमती संसदीय दलले आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेको छ।
एमाले बागमतीका संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन्। कांग्रेस एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि एमाले बाहिरिन लागेको हो।
कांग्रेसका इन्द्र बानियाँ नेतृत्वको बागमती सरकारमा एमालेका ६ जना मन्त्री रहेका छन्। एमालेबाट कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा रहेका छन् भने विना विभागीय तर्फ किरण थापा मगर, जयराम श्रेष्ठ र भरत बहादुर केसी मन्त्री रहेका छन्।