दोस्रो दिन पनि हरियायो शेयर बजार, नेप्से १४ अङ्कले उकालो

दोस्रो दिन पनि हरियायो शेयर बजार, नेप्से १४ अङ्कले उकालो

काठमाण्डौ – शेयर बजार लगातार दोस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ अङ्कले बढेर २ हजार ५९० दशमलव २९ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्ड र लगानी बाहेक सबै समूहको उपसूचक बढेकोमा विकास बैंक र निर्जीवन बीमा समूह १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज १९६ वटा कम्पनीको शेयर बढेकोमा ५९ वटाको घटेको छ । यस्तै १९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर झन्डै १३ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन उपकार लघुवित्तको शेयर ७ दशमलव ३२ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ८ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३६२ वटा कम्पनीको ८४ लाख ७३ हजार कित्ता शेयर ४ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।

खबरपाटी
खबरपाटी