आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ४६ अङ्कले घटेर २ हजार ७०० दशमलव ६५ विन्दुमा झरेको छ ।
आज फाइनान्स, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहकाे सूचक घटेकाे छ । आज १४३ वटा कम्पनीको शेयर घटेकोमा ११६ वटाकाे बढेको छ । यस्तै १४ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज नेपाल बैंकको डिबेन्चर ३ दशमलव ८७ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । यी दुई वटै कम्पनीको शेयर आजदेखि कारोबारमा आएकाे हो ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीको ८१ लाख ३८ हजार कित्ता शेयर ४ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।