आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं- नेपाली सुनचाँदी बजारमा साताको दोस्रो दिन सोमबार बहुमूल्य सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार बजारमा चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य बढेको व्यवसायीहरूले जनाएका छन्।