महानगर छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक, १४ हजार विद्यार्थी उत्तीर्ण

महानगर छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक, १४ हजार विद्यार्थी उत्तीर्ण

काठमाण्डौ महानगरपालिकाले हिजो लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्युनतम ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो ।

यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि हो । नतिजा हेर्न अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड  राखी मोबाइल वा इमेलमा स्कोर हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

२२ हजार परीक्षार्थीमध्ये १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएको छात्रवृत्ति परीक्षा समिति संयोजक तथा शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिनुभएको छ ।  प्रारम्भिक नतिजामा चित्त नबुझ्नेलाई पुनर्योगका लागि पर्सि २० गतेसम्मको समय दिइएको छ । 

खबरपाटी
खबरपाटी