अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ फेरि कम्पनीको मुख्यालय फर्किएपछि कर्मचारीले भव्य स्वागत गरेका छन् ।
जेन्सेन हुआङ पुनः पदमा फर्किएपछि एशियाली शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । चिनियाँ जासुस भएको आरोप लागेकी एक महिलासँग सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि हुआङले यसै महिनाको शुरुमा पदबाट राजीनामा दिनुभएको थियो ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाको सञ्चालक समितिसँग छलफल गरेर हुआङलाई पुनः जिम्मेवारीमा फर्काउन सहमति जुटाएको बताउनुभएको थियो ।
साथै ट्रम्पले हुआङको पुनरागमनबाट राष्ट्रिय सुरक्षामा जोखिम नरहेको बताएको बीबीसीले जनाएको छ । जेन्सेनले दोस्रो अवसर दिएकोमा सबैलाई धन्यवाद दिँदै यसपटक अझ राम्रो प्रमुख कार्यकारी बन्ने बताउनुभएको छ ।
हुआङको पुनरागमनको खबरपछि ताइवानको शेयर बजार पाँच प्रतिशतभन्दा धेरै बढेको छ भने एशियाली शेयर बजारहरू पनि उकालो लागेको छ ।