काठमाडौं - तेहरानले कुनैपनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता भइरहेको कुरा अस्वीकार गरिरहेकै अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गरेका छन्।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, विदेशमन्त्री मार्को रुबियो, ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुशनर संलग्न रहेको बताएका हुन्।
तेहरान सम्झौता गर्न इच्छुक रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँग कुटनीतिक पहल गर्नुको कारणबारे सोधिएको प्रश्नमा उनीहरू अमेरिकासँग संवाद गरिरहेका र उनीहरूका कुराहरू तर्कसंगत रहेको बताए।
ट्रम्पले इरानले वासिङ्टनलाई ठूलो धनराशि बराबरको अत्यन्तै महत्वपूर्ण उपहार दिएको दाबी गरेका ट्रम्ले त्यो कस्तो उपहार हो भन्नेबारे भने खुलाउन चाहेनन्।