कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा इरानी मिसाइल आक्रमणले ठूलो क्षति

कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा इरानी मिसाइल आक्रमणले ठूलो क्षति

मध्यपूर्व युद्धको २० औँ दिनमा गएराति कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुगेको छ । त्यहाँ विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास रहेको छ । कतारको ऊर्जा कम्पनी कतार इनर्जीका अनुसार उद्योगमा आगलागी भएको छ, यद्यपि मानवीय क्षति भनेको नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कतार सरकारले इरानी दूतावासका दुई उच्च अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ र यसलाई “क्षेत्रीय स्थिरतामा प्रत्यक्ष खतरा” भनेको छ । यूएई र साउदी अरबमा पनि ऊर्जा पूर्वाधारमाथि आक्रमण प्रयास भएको थियो, तर सबै मिसाइल र ड्रोनहरू नष्ट गरिएको बीबीसीले जनाएको छ । यो हमला इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा भएको आक्रमणको प्रतिशोधको रूपमा भएको खबरमा उल्लेख छ ।

दक्षिण पार्स र कतारको नर्थ फिल्ड संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो ग्यास क्षेत्रका रूपमा परिचित छन् ।

विज्ञहरुले यो घटनाले मध्यपूर्वमा ऊर्जा आपूर्तिको जोखिम बढाउने तथा तेल र ग्यासका मूल्यमा अनिश्चितता सिर्जना गर्ने चेतावनी दिएका छन् । यो आक्रमणपछि कतारले सुरक्षा सतर्कता बढाएको छ ।

खबरपाटी
खबरपाटी