आज सुन तोलामा ५ हजार ४०० रुपैयाँले घट्यो

आज सुन तोलामा ५ हजार ४०० रुपैयाँले घट्यो

काठमाडैं -  नेपाली बजारमा आज सुनको भाउ सस्तिएको छ। आज सुन तोलामा ५ हजार ४०० रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

अघिल्लो दिन सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी तोलामा १४० रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

खबरपाटी
खबरपाटी