ललितपुर - कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकोसमन्वयमागरिएको सवारी प्रदूषण अनुगमनमा ११ वटा सवारीसाधन प्रदूषण परीक्षणमा असफल भएका छन् ।
ललितपुरको खुमलटार र सातदोबाटो क्षेत्रमा सञ्चालन गरिएको छड्के अनुगमनका क्रममा कुल ३६ वटा सवारीसाधनको प्रदूषणपरीक्षणगरिएको थियो । परीक्षण गरिएका सवारीसाधनमध्ये २५ वटा मापदण्डअनुसार पास भएका छन् भने ११ वटा परीक्षणमा फेलभएका हुन् ।
अनुगमनका क्रममा जाँच गरिएका कुल सवारीसाधनमध्ये ३०.५६ प्रतिशत प्रदूषण परीक्षणमा असफल भएको पाइएको छ ।
वातावरणीय स्वच्छता कायम गर्न तथा सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विभाग र ट्राफिक प्रहरीको समन्वयमाअनुगमनगरिएको हो ।
यस किसिमको छड्के जाँचले प्रदूषण नियन्त्रण तथा सवारीसाधनलाई निर्धारित मापदण्डअनुसार सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षागरिएकोछ ।