अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ १० प्रतिशत ट्यारिफको घोषणा गरे

अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ १० प्रतिशत ट्यारिफको घोषणा गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ १० प्रतिशत करको घोषणा गर्नुभएको छ । यसअघि लगाएको विश्वव्यापी ट्यारिफ अर्थात् आयात शुल्क अमेरिकी सर्वोच्च अदालतले हिजो खारेज गरिदिएपछि ट्रम्पले नयाँ १० प्रतिशत ट्यारिफको घोषणा गर्नुभएको हो ।

पछिल्लो घोषणा गरिएको १० प्रतिशत ट्यारिफ यसै हप्तादेखि लागु हुने र यो अस्थायी (१५० दिनसम्म) को हुने खबरमा उल्लेख छ । साथै उहाँले अदालतको आदेशमा कानुनी लडाइँ बिना विगतको कर फिर्ता नहुने सङ्केत पनि गर्नुभएको छ । ट्यारिफलाई निरन्तरता दिन अब अरू कानुनको सहारा लिनसक्ने उहाँको आशय रहेको बीबीसीले जनाएको छ । आयात शुल्कले अमेरिकामा लगानी र उत्पादन बढ्न सहयोग पुग्ने ट्रम्पको दाबी छ ।

तर अमेरिकी सर्वोच्च अदालतको फैसलाले विश्वव्यापी व्यापारमा भने नयाँ अनिश्चितता थपेको छ । गएको वर्ष मेक्सिकोलाई लक्षित गरेर लागु गर्न शुरू गरिएको ट्यारिफ पछि क्यानडा, चीनसहित विभिन्न अमेरिकी व्यापारिक साझेदार देशहरूबाट आयात हुने सामग्रीमा बिस्तार गरिएको थियो । तर अमेरिका भित्रिने सामानमा व्यापक कर बढेपछि स्वदेश र विदेशका कम्पनीले यसको विरोध गरेका थिए ।

जस कारण बजारमा सामान महँगो हुने चिन्ता पनि थपियो । यही अवस्थामा अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले गएको वर्षदेखि लागू गरेको ट्यारिफसम्बन्धी निर्णयलाई बदर गरिदिएको हो । सर्वोच्चले आफ्नो फैसलामा राष्ट्रपतीय शक्तिलाई राष्ट्रिय आपतकालका लागि सुरक्षित गरिएको कानुन प्रयोग गरी व्यापक रूपमा महसुल थोपर्नु गलत भएको उल्लेख समेत गरेको छ ।

खबरपाटी
खबरपाटी