आज सुन तोलामा तीन हजार रुपैयाँले घट्यो

आज सुन तोलामा तीन हजार रुपैयाँले घट्यो

काठमाडौं - नेपाली बजारमा शुक्रबार (फागुन १) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो । महासंघका अनुसार आजको मूल्य तीन लाख तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार (माघ २९) प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी, चाँदीको मूल्य तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन पाँच हजार ३४० रुपैयाँ थियो ।  

खबरपाटी
खबरपाटी