आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – चितवनमा ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’आज सुरु हुँदैछ।
कार्यक्रमका लागि भारतका विभिन्न सहरबाट आएका पर्यटन तथा ट्राभल व्यवसायीको टोलीलाई दिउँसो ३ बजे सुनौली सीमा नाकामा स्वागत गरिने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा हुने कार्यक्रमले नेपाल र भारतबीच पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सहकार्य विस्तार गर्न सहयोगी हुने परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचनले बताए।
नेपाली होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन गन्तव्यलाई भारतीय बजारसँग जोड्ने, संयुक्त पर्यटन प्याकेज विकास गर्ने र दुवै देशका पर्यटन व्यवसायीबीच दीर्घकालीन साझेदारी निर्माण गर्ने आयोजकको लक्ष्य छ।