राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेपाली फुटबलको संरचना पुनर्विचार गर्नुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार शाहले शनिबार बिहान फेसबुक पोस्ट गर्दै फुटबलको वास्तविक क्रेज काठमाडौं बाहिर रहेको बताएका हुन् ।
काठमाडौंमा जारी राष्ट्रिय फुटबल लिगमा दर्शकको उपस्थिति न्यून देखिएको सन्दर्भ जोड्दै उनले लोकप्रिय खेल फुटबलमा दर्शकको कमी हुनु चिन्ताजनक भएको उल्लेख गरेका छन् ।
बालेनले बालेनले मोफसलका गोल्डकप प्रतियोगितामा हजारौं दर्शक उपस्थित हुने उदाहरण दिएका छन् । राष्ट्रिय लिगमा खेल्ने धेरै खेलाडी मोफसलबाट उत्पादन भए पनि लिग संरचनामा मोफसलका क्लबहरूको उपस्थिति सीमित देखिएको उनको गुनासो छ ।
बालेनले मोफसलका क्लब र रंगशालामा पनि ठूला क्लबका खेल आयोजना हुनुपर्ने, देशभर दर्शक र खेल संस्कृतिलाई जोड्नुपर्ने बताए ।