द्रुतमार्ग सम्पन्न गर्नुपर्ने समय करीब १४ महीना बाँकी रहँदा आधाभन्दा कम काम

द्रुतमार्ग सम्पन्न गर्नुपर्ने समय करीब १४ महीना बाँकी रहँदा आधाभन्दा कम काम

काठमाडौँ । बहुप्रतीक्षित काठमाडौँ–तराई द्रुतमार्ग सम्पन्न गर्नुपर्ने समय करीब १४ महीना बाँकी रहँदा आधाभन्दा कम काम सकिएको छ । कुल २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको द्रुतमार्ग आयोजनाको खुद खर्च ७७ अर्ब ९७ करोड रुपैयाँ पुग्दा भौतिक प्रगति ४५ दशमलव ३३ प्रतिशत पुगेको हो । आयोजनाको समग्र खर्च भने ८२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । 

सरकारले पछिल्लो समय आयोजना सम्पन्न गर्नुपर्ने म्याद थपेर २०८३ चैतसम्म पुर्याएको छ । तर, अबको करीब १४ महीनामा द्रुतमार्गको बाँकी ५४ दशमलव ६७ प्रतिशत काम सक्नु चुनौतीपूर्ण छ । कुल ७० दशमलव ९७ किलोमीटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । 

२०८० वैशाख ५ गतेको मन्त्रिपरिषद् बैठकले आयोजना सम्पन्न गर्ने समय २०८३ चैतसम्म तोकेको थियो । नेपाली सेनाले तोकिएको समयमै द्रुतमार्गको काम सम्पन्न गर्ने दाबी गरेको छ । सरकारले उक्त आयोजनाको लागि यो आर्थिक वर्ष २०८२र८३ मा २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बजेट छुट्ट्याएको छ । आर्थिक वर्ष ९आव० को ६ महीना ९पुस० सम्ममा १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ ।

हालसम्म आयोजनाको वित्तीय प्रगति मोबिलाइजेशनसहित ४५ दशमलव ३३ प्रतिशत पुगेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री भएपछि पहिलोपटक मंगलवार द्रुतमार्गको निरीक्षण गर्नुभएको छ । निरिक्षणपछि उहाँले द्रुतमार्ग छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सडक पूर्वाधारलगायत विकास निर्माणका काम अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर नपुर्याउन उहाँले आग्रह गर्नुभएको छ । द्रुतमार्गको शुरूबिन्दु ललितपुरको खोकनामा पुगेर उहाँले स्थानीयका सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्नसमेत निर्देशन दिनुभयो ।

नेपाली सेनाले सातओटा सुरुङमार्गसहित बन्ने उक्त द्रुतमार्गमा ठूला तथा विशेषसहित ८९ ठाउँका पुलमध्ये ८५ ठाउँको ठेक्का व्यवस्थापन भइसकेको बताएको छ । बाँकी खोकना खण्डमा अवस्थित ४ ठाउँका पुलको ठेक्का भने जग्गा अधिग्रहणसम्बन्धी समस्या नसल्टिँदा व्यवस्थापन हुन सकेको छैन । निर्माणाधीन पुलमध्ये ५४ स्थानको जग र ३४ स्थानको सब–स्ट्रक्चरको काम सम्पन्न भएको छ । 

हालसम्म ८२ मीटरसम्म उचाइका विशेष प्रकृतिकासहित १३ स्थानका पुल निर्माण सकिएको सेनाले उपलब्ध गराएको विवरणमा उल्लेख छ । १० दशमलव ९७ किलोमीटर लम्बाइ हुने ७ ओटा सुरुङमार्गमध्ये दुई ठाउँ ९लेनडाँडा र धेद्रे० का ४ ओटा मात्रै छेडिएका छन् । ५ ठाउँका सुरुङमार्गको ब्रेक थ्रू हुन बाँकी छ ।

खबरपाटी
खबरपाटी