प्रचण्डको एकताको चर्चा जालझेलको बासी र असफल हुइयाँ मात्र हो नेत्रविक्रम चन्द ‘विप्लव’

प्रचण्डको एकताको चर्चा जालझेलको बासी र असफल हुइयाँ मात्र हो नेत्रविक्रम चन्द ‘विप्लव’

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट एकताको चर्चा जालझेलको बासी र असफल हुइयाँ मात्र भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा बिहीबार स्टाटस लेख्दै विप्लवले सबै कम्युनिस्ट पार्टीबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता तथा माले–माओवादी पार्टीको सुदृढीकरण नै आफ्नो पार्टीको नीति रहेको बताएका छन् ।

उनले चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा बारम्बार प्रयोग भइसकेको, काम नलाग्ने जालझेल मात्र भएको आरोप लगाएका छन् । यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टिएका हुतिहारा मात्र पर्ने उनको भनाइ छ ।

विप्लवले अनेकौँ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यतर्फ अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र भएको समेत दाबी गरेका छन् । आउने भविष्यले यो कुरा साबित गर्ने उनको भनाइ छ ।

यसअघि बुधबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई एकता प्रक्रियामा आउन आह्वान गरेका थिए । प्रचण्डको यो आह्वानसँगै विप्लवले उनलाई जवाफ फर्काएका हुन् । 

खबरपाटी
खबरपाटी