काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज १४१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अंखु खोला जलविद्युतको सर्वाधिक ८३ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको ५४ करोड ३६ लाख रुपैयाँ र तेस्रोमा एसवाई प्यानलको ४९ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन २ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कर्पोरेट डेभलपमेन्ट बैंक र अंखु खोला जलविद्युतका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, मिथिला लघुवित्तका लगानीकर्ताले ९.५१ र पिपुल्स पावरका लगानीकर्ताले ९.२२ प्रतिशतका दरले कमाएका छन् ।
गुडविल फाइनान्स डिबेञ्चरका इकाईधनीले आज सर्वाधिक ८.०७ प्रतिशतका दरले गुमाएका छन् ।