भारतले  ७७ औँ गणतन्त्र दिवस मनाउँदै

भारतले  ७७ औँ गणतन्त्र दिवस मनाउँदै

भारतले  ७७ औँ गणतन्त्र दिवस मनाउँदैछ। सन् १९४७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि १९५० जनवरी २६ मा नयाँ संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइन्छ। 

दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतबीचको ऐतिहासिक, बहुआयामिक र रणनीतिक सम्बन्ध भौगोलिक निकटताभन्दा पनि साझा सभ्यता, साँस्कृतिक सामीप्यता र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको स्पष्ट पारेका छन्। 

नेपालसँगको सम्बन्धलाई भारतको ‘छिमेकी पहिलो नीति’को केन्द्रीय स्तम्भका रूपमा चित्रण गर्दै राजदूत श्रीवास्तवले दुवै देशबीच सहकार्य र साझेदारीको लामो इतिहास रहेको उल्लेख गरेका छन्।

खबरपाटी
खबरपाटी