निर्वाचन आचारसंहिताका कारण नेपाल व्यापार संघको महाधिवेशन सर्‍यो

निर्वाचन आचारसंहिताका कारण नेपाल व्यापार संघको महाधिवेशन सर्‍यो

काठमाडौं - नेपाल व्यापार संघको ३४ औँ वार्षिक साधारण सभा तथा १७ औँ महाधिवेशन सरेको छ। निर्वाचन आचारसंहिता लागू हुने भएकाले यसअघि माघ २४ गतेका लागि तय गरिएको कार्यक्रम स्थगित गरिएको हो।

संघका अध्यक्ष हरि गौतमद्वारा जारी सूचनाअनुसार अब उक्त साधारण सभा तथा महाधिवेशन २०८२ साल चैत ७ गते शनिबार राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा सोही समय र स्थानमा आयोजना हुनेछ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रमको मिति परिवर्तन गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभएको छ।

खबरपाटी
खबरपाटी