रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निभाउन गाह्रो छ भन्ने आफूले बुझेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभापतिको कुर्सीमा बस्न सजिलो भए पनि भूमिका निभाउन गाह्रो भएको आफूले बुझेको बताए ।
‘सभापतिको कुर्सीमा बस्न सजिलो छ, जिम्मेवारी निभाउन गाह्रो छ भन्ने मैले बुझेको छु,’ सभापति थापाले पत्रकारहरूसँग भने ।
सभापति थापाले कांग्रेसको कुनै पार्टीसँग दुस्मनी नभएको बताए । ‘कांग्रेसको कुनै पार्टीसँग दुस्मनी छैन । सबै साथीभाइका पार्टी हुन्,’ थापाले भने ।
उनले राजनीतिक पार्टी सहयात्री र प्रतिस्पर्धी रहेको बताए । एजेण्डाका आधारमा निर्वाचनमा जित/हार हुने सभापति थापाको भनाइ थियो ।