जलविद्युत् क्षेत्रका समस्यालाई गम्भीर रूपमा सम्बोधन गर्न निजी क्षेत्रको माग

जलविद्युत् क्षेत्रका समस्यालाई गम्भीर रूपमा सम्बोधन गर्न निजी क्षेत्रको माग

काठमाण्डौ – जलविद्युत् क्षेत्रका समस्यालाई गम्भीर रूपमा सम्बोधन गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । सरकारले १० वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएर मात्रै नहुने भन्दै निजी क्षेत्रका प्रतिनिधिले यसका लागि खर्बौँ लगानी आवश्यक पर्ने भन्दै लगानीको वातावरण तयार हुनुपर्नेमा जोड दिएका छन् ।
२६औँ इप्पान दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ ९इप्पान ० अध्यक्ष गणेश कार्कीले ऊर्जामा ठूलो लगानी चाहिने भएकाले सरकारले नै समस्या सिर्जना गर्न नहुने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले जलविद्युतका काम गर्न १६ वटा मन्त्रालय धाउनुपर्ने समस्यालाई तत्काल हटाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगबाट हुने बिजुलीको खपत अहिलेको भन्दा बढ्न पनि आवश्यक रहेको बताउनुभयो । ऊर्जा क्षेत्रले विदेशी मुद्रा आर्जन गर्न, व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग गरेको बताउँदै पाण्डेले नेपाली निजी क्षेत्रले जोखिम मोलेरै उद्यमशीलताको प्रदर्शन गरेको भन्दै अहिले देखिएको समस्यालाई राज्यले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

खबरपाटी
खबरपाटी