मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री आज शपथग्रहण गर्दै

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री आज शपथग्रहण गर्दै

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । 

कांग्रेस संसदीय दलका नेता यादव ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए । 

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । 

खबरपाटी
खबरपाटी