प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ ।

बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार अपराह्‍न चार बजे बस्न लागेको हो ।

बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी तयारीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू सहभागि हुने बताइएको छ । 

खबरपाटी
खबरपाटी