पाकिस्तानको पख्तुनख्वा प्रान्तमा गाडीमा आक्रमण हुँदा चारको मृत्यु

पाकिस्तानको पख्तुनख्वा प्रान्तमा गाडीमा आक्रमण हुँदा चारको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गाडीमा आक्रमण हुँदा एक अधिकारी र दुई प्रहरीसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना बन्नु जिल्लामा भएको थियो । जहाँ आक्रमणकारीहरूले गाडीमा आगो लगाउनुअघि गोली चलाएका थिए ।

जिल्लाका उपमहानिरीक्षक सज्जाद खानकाअनुसार जिल्लाका सहायक आयुक्त रहेका अधिकारी आतङ्ककारीहरू विरुद्धको कुनै सुनुवाइमा अदालतमा उपस्थित हुन जाँदै थिए ।

आक्रमणमा मारिनेहरूमा नजिकैको खेतमा काम गर्ने एक नागरिक पनि रहेको बताए । आक्रमणमा दुई प्रहरी पनि घाइते भएका छन् । सुरक्षा बलले क्षेत्रलाई घेराबन्दी गरेको र अपराधीहरूलाई पत्ता लगाउन खोजी अभियान सुरु गरेको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

खबरपाटी
खबरपाटी