सुनको तोलामा १४ सय रुपैयाँ बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको तोलामा १४ सय रुपैयाँ बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार (मंसिर १५) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदी पनि बढेको छ । अघिल्लो दिन ३ हजार ४९० रुपैयाँमा किनबेच भएको चाँदी यस दिन प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेको हो ।

खबरपाटी
खबरपाटी