आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सात किलो ‘गाँजा’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय हरगोविन्द सिंह, १९ वर्षीय समीर र २७ वर्षीय फिरोज अहमद सम्पद छन् ।
अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तु सात किलो २९५ ग्रामसहित शुक्रबार (कात्तिक ७) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
हरगोविन्द र समीर एयर एसियाको उडानमार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएका थिए । तीन किलो ६४० ग्राम ‘गाँजा’सहित उनीहरू दुईजनालाई पक्राउ गरिएको हो ।
यस्तै, इन्डिगो एयरको उडानमार्फत मुम्बईबाट काठमाडौं आएका अहमद सम्पदलाई तीन किलो ६५५ ग्राम ‘गाँजा’सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।