सुरू भयो छठ, आज नहाय-खाए

सुरू भयो छठ, आज नहाय-खाए

मिथिलामा शनिबारदेखि औपचारिक रूपमा छठ सुरू भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ। यहाँ रहेका गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए। उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको भने।

गुप्ताले यो वर्ष प्रतिअघ्र्य रु ६०० निर्धारण गरिएको बताए। उनले भने, 'सबैले दिँदैनन्। नदिनेले पनि यहाँ अर्घ्य राख्छन्। प्रत्येक वर्ष रु ३००/३५० पुर्जा काट्ने गरेको छ। श्रद्धालु भक्तजनहरूबाट आएको रूपैयाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ।'

गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेको छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ। गङ्गासागरमा तीन वटा समितिले सजावटको काम गर्ने गरेको छ।

यस्तै, अरगजासरमा छठको घाटको निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैं सकिएपछि आफूहरू तयारीमा जुटिसकेको बताए । उहाँले सजावट तथा सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए।

कर्णले यस पोखरीमा हिन्दूहरू मात्र नभई मुस्लिम समुदायका पनि केही व्यक्तिहरू रहने गरेको बताए। 

खबरपाटी
खबरपाटी