सुनचाँदीकै मूल्यले बनायो नयाँ रेकर्ड

सुनचाँदीकै मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज (आइतबार) सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि, असोज ८ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । असोज ८ गते सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ ।

गत शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदी ७० रुपैयाँ बढेको हो ।

खबरपाटी
खबरपाटी