२७.१४ अंकले घट्यो नेप्से, सात अर्ब ७३ करोडको सेयर किनबेच

२७.१४ अंकले घट्यो नेप्से, सात अर्ब ७३ करोडको सेयर किनबेच

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार (भदौ १) २७.१४ अंकले घटेको छ । गएको बिहीबार (साउन २९) झिनो अंकले बढेको नेप्से आइतबार ०.९७ प्रतिशतले घटेर २७६१.२२ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबार रकम भने बढेको छ । सात अर्ब ७३ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार सात अर्ब ४६ करोड ४१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

५८ कम्पनीको सेयर मूल्य बढेको छ । १९१ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आरबीबी म्युचुअल फन्ड१ को इकाइ मूल्य ७.९३ प्रतिशतले बढेको छ । यो म्युचुअल फन्डको प्रतिइकाइ मूल्य ११.०३ रुपैयाँ कायम छ । सुपर स्यांगे हाइड्रोपावर लिमिटेको सेयर मूल्य ६.२९ प्रतिशतले बढेको छ ।

सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.०६ प्रतशतले घटेको छ । ट्रेड टावरको सेयर मूल्य ५.८८ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको नेप्सेले जनाएको छ ।

खबरपाटी
खबरपाटी