संसदमा प्रधानमन्त्री ओली बोल्दै, रास्वपा र राप्रपाले गरे बैठक बहिष्कार

संसदमा प्रधानमन्त्री ओली बोल्दै, रास्वपा र राप्रपाले गरे बैठक बहिष्कार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि  प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् ।


प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक बहादुर चौधरी र राप्रपाका सांसद दिपकबहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरूको विरोध जारी रहेको बताउँदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । 


दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले  बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहेका छन् । बैठकमा उनले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसद्लाई जानकारी गराए । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन १८ साउनमा त्यसतर्फ गएका प्रधानमन्त्री ओली २३ साउनमा स्वदेश फर्किएका थिए । अहिले उनले बैठकमा सम्बोधन गरिरहेका छन् ।  

खबरपाटी
खबरपाटी