सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, अब एक तोला किन्न कति रकम चाहिन्छ?

सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, अब एक तोला किन्न कति रकम चाहिन्छ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार नयाँ रकर्ड बनाइरहेको सुनको मूल्य आज फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत वैशाख ९ गते पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। 

उक्त दिन सुन प्रतितोला एक लाख ९७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। 

आज सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रूपैयाँ पुगेको छ। 

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रूपैयाँ बढी हो।

यस्तै सोमबार भने सुन प्रतितोला १ लाख ९६ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो।

सोमबारको तुलनामा मंगलबार भने सुन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार प्रतितोला दुई हजार दुई सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार दुई सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 

खबरपाटी
खबरपाटी