सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं ।  बिहीवार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीवार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।


यस्तै छापावाल सुन नै प्रति १० ग्राम बिहीवार १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ ।

यस्तै बिहीवार चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको थियो ।

खबरपाटी
खबरपाटी