बढ्यो सुनको मूल्य, चाँदी स्थिर

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 


यसअघि आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार ३ सय रहेको थियो । आज सुनको मूल्य तोलामा ४ सयले वृद्धि भइ १ लाख ९३ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । आइतबार चाँदीको प्रतितोला मूल्य २ हजार २ सय ८५ रहेको थियो । आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । 

खबरपाटी
खबरपाटी