सुन-चाँदीको भाउ निरन्तर वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुन-चाँदीको भाउ निरन्तर वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 


आज प्रतितोला छापावाला सुनको मूल्य ८ सयले वृद्धि भएको हो । हिजो प्रतितोला सुनको मूल्य १ लाख ९२ हजार ५ सय रहेकोमा आज १ लाख ९३ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । हिजो चाँदीको प्रतितोला मूल्य २ हजार २ सय ८० रहेको थियो, आज मूल्य वृद्धि भइ २ हनार २ सय ८५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । 

खबरपाटी
खबरपाटी