तोलामा तीन सय रूपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति?

तोलामा तीन सय रूपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति?

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला तीन सय रूपैयाँले बढेको हो। 

बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबार भने सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। 

बुधबार चाँदी प्रतितोला २२ सय ६० रूपैयाँमा कारोबार भइरहेकोमा बिहीबार २२ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाएको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 

खबरपाटी
खबरपाटी