राष्ट्र बैंकको तथ्यांकमा रविन्द्र ढकालको टिप्पणी: चुनौती र अवसर दुवै छन्

राष्ट्र बैंकको तथ्यांकमा रविन्द्र ढकालको टिप्पणी: चुनौती र अवसर दुवै छन्

काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक तथ्यांकलाई प्रभु बैंकका चिफ म्यानेजर रविन्द्र ढकालले अर्थतन्त्रमा मिश्रित संकेत भएको बताउँदै अर्थपूर्ण विश्लेषण गरेका छन् ।  उनले आफ्नो  सामाजीक सञ्जालमा स्टाटस  लेख्दै मुद्रास्फीति नियन्त्रणमा रहँदा रेमिट्यान्स र निर्यातजस्ता सूचकहरू उत्साहजनक भएको तर सरकारको खर्च र राजस्व असन्तुलनले दीर्घकालीन चुनौतीहरू देखाइरहेको बताएका छन् ।


ढकालले मुद्रास्फीति २.७२५ मा सीमित हुनु उपभोक्ताका लागि राहतको कुरा भएको  र निर्यातमा ७७.८५ वृद्धि, रेमिट्यान्समा १५.५५ वृद्धि, र विदेशी मुद्रा सञ्चितिले हाम्रो अर्थतन्त्रको मेरुदण्डलाई बलियो बनाएको बताएका हुन् । ढकालका अनुसार सरकारको खर्च १२८२ अर्ब पुगेको  भएपनि राजस्व संकलन १०१६ अर्ब मात्रै  हुनुले  दीर्घकालीन वित्तीय असन्तुलनको संकेत गरेको बताउँछन् । 


उनले स्टाटसमा समाधानका उपायहरू पनि उल्लेख गरेका छन् । ढकाल लेख्छन्, ुकेही आँकडाहरूले आशा जगाएका छन् भने केहीले गम्भीर समीक्षा र सुधारको आवश्यकता देखाएका छन्। अहिलेको आवश्यकता भनेको तथ्यांकलाई बुझेर सही बाटोमा अघि बढ्नु हो।ु

खबरपाटी
खबरपाटी