हाईलाइफ फूड्सद्वारा प्रिमियम बासमती चामल सार्वजनिक

हाईलाइफ फूड्सद्वारा प्रिमियम बासमती चामल सार्वजनिक

काठमाडौं। नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको हाईलाइफ फूड्सले नयाँ उत्पादनका रूपमा प्रिमियम बासमती चामल सार्वजनिक गरेको छ। कम्पनीले एक्स्ट्रा लङ ग्रेन बासमती, पुलाउ बासमती चामल तथा डायबेटिक बिरामीलाई लक्षित “Low GI Rice” नेपाली बजारमा ल्याएको हो।

कम्पनीका अनुसार, यी चामलहरू लामो दाना, प्राकृतिक सुगन्ध र उत्कृष्ट स्वादले भरिएका छन्, जसले घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि गुणस्तरीय विकल्पको रूपमा काम गर्नेछ। विशेष गरी "Low GI Rice" स्वास्थ्य सचेत उपभोक्तालाई लक्षित गर्दै ल्याइएको छ, जुन डायबेटिक बिरामीका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

हाईलाइफ फूड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने, “प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो।” उनले प्रिमियम बासमती चामल स्वादिलो हुनुका साथै स्वास्थ्यवर्द्धक पनि भएको जानकारी दिए।

कम्पनीले उत्पादनमा अत्याधुनिक प्रविधि, अनुसन्धान र डिजिटल सेवा प्रणालीको प्रयोग गर्दै आएको बताएको छ। साथै, किसानदेखि उपभोक्ता र समुदायसम्म जोडिँदै देशको आर्थिक वृद्धिमा योगदान पुर्‍याउने लक्ष्य रहेको कम्पनीको भनाइ छ।

हाल हाईलाइफ प्रिमियम बासमती चामल एक, पाँच र २० किलोको आकर्षक प्याकेजिङमा देशभरका खुद्रा विक्रेता, सुपरमार्केट तथा अनलाइन प्लेटफर्ममार्फत उपलब्ध रहेको छ। कम्पनीले आफ्नो चामलमा गुणस्तर र मूल्यबीच सन्तुलन कायम राख्ने प्रतिबद्धता जनाएको छ।

यसअघि पनि हाईलाइफ फूड्सले चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसन लगायत स्वास्थ्यकर खाद्य वस्तुहरूको उत्पादन तथा वितरण गर्दै आएको छ।

खबरपाटी
खबरपाटी