उम्मेदवारलाई जनताको मनबाट छानौँ, नेताको खल्तीबाट होइन: ज्ञानेन्द्र शाही

उम्मेदवारलाई जनताको मनबाट छानौँ, नेताको खल्तीबाट होइन: ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले रुपहेन्दी क्षेत्र- ३ को उम्मेदवारीलाई लिएर अबका उम्मेदवार नेताको खल्तीबाट नभई जनताको मनबाट छानिनुपर्ने बताएका छन्।


हिजो मात्रै रुपहेन्दीका राप्रपा नेताहरुले राजेन्द्र लिङ्देनको निवासमा उम्मेदवारीबारे छलफल गरेका थिए। सोही विषयलाई लिएर प्रवक्ता शाहीले यस्तो लेखेका हुन्।

रुपहेन्दी क्षेत्र- ३ मा राप्रपाका नेता दीपक बोहोराले जितेका थिए। उनको मृत्यु भएपछि रुपहेन्दी क्षेत्र- ३ मा कार्तिकमा उपनिर्वाचन हुँदैछ।

नेताको खल्तीको उम्मेदवारलाई पत्याउने दिन गएको भन्दै उम्मेदवार जनताको मनबाट छानिनुपर्ने धारणा उनको छ।

‘चुनावमा उम्मेदवार जनताको मनबाट छानिनुपर्छ कुनै नेताको खल्तीबाट होइन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘नेताको खल्तीको उम्मेदवारलाई जनताले पत्याउने दिन गए।’

खबरपाटी
खबरपाटी