गोबिन्द घिमिरेले सम्हाले एनएमबि बैंकको नेतृत्व

गोबिन्द घिमिरेले सम्हाले एनएमबि बैंकको नेतृत्व

काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । मंगलबार सुनिल केसीको कार्यकाल सकिएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी घिमिरेको काँधमा आएको हो । बैंक सञ्चालक समितिको बैठकले २०८२ वैशाख १० गतेदेखि गतेदेखि लागू हुने गरी घिमिरेलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

गत फागुनमा नै बैंक सञ्चालक समितिले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको थियो । यसअघि घिमिरे बैंकको डेप्युटी सीईओ रहेका थिए । घिमिरेको कार्यकाल ४ वर्षको हुनेछ ।

यस्तै, बैंकले सुदेश उपाध्यायलाई सिनियर डीसीईओमा बढुवा गरेको छ । यसअघि नायब प्रमुख कार्यकारी अधिकृत रहेका उपाध्याय सिनियर डीसीईओमा बढुवा भएका हुन् ।

 

खबरपाटी
खबरपाटी