प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता

काठमाडौं - भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको हो।

भेटका क्रममा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतकाक्षेत्रमाद्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको जनाइएको छ।

त्यस अवसरमा दुवै पक्षले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनेविषयमासमेत छलफल गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूलगायतसँग उच्चस्तरीय भेटवार्तागर्नेकार्यक्रम रहेको छ।

खबरपाटी
खबरपाटी