म बुढो भएको छैन, अबको २०-२५ वर्षपछि बुढो हुन्छु- केपी ओली

म बुढो भएको छैन, अबको २०-२५ वर्षपछि बुढो हुन्छु- केपी ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बुढो नभएको बताउँदै स्वास्थ्यबारे कसैले चिन्ता गर्नु नपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा उनले आफू अहिले बुढो नभएकाले अस्वस्थ्य नरहेको बताए।

‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ, अहिले म बिरामी छैन, अबको २०–२५ वर्षपछि बुढो हुन्छु, कर्सले हतार गरेर हुँदैन, मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन,’ उनले भने, ‘केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन, कसैले एमालेविनाको देशको पनि कल्पना गरेका छन्।’

यस्तै, उनले एमालेविनाको नेपाल हुन नसक्ने बताउँदै २०८४ मा हुने चुनावमा झन् बलियो भएर आउने बताए। उनले एमाले अस्तित्वको निम्तिको लडाइँमा नभई विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउने उद्घोष गरे।

खबरपाटी
खबरपाटी