आइतवार सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

आइतवार सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको भाउ तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

खबरपाटी
खबरपाटी