साइपाल एकेडेमीद्वारा दोस्रो एसईई अन्तर विद्यालयीय प्रश्नोत्तर प्रतियोगिता सम्पन्न

साइपाल एकेडेमीद्वारा दोस्रो एसईई अन्तर विद्यालयीय प्रश्नोत्तर प्रतियोगिता सम्पन्न

काठमाडौं । साइपाल एकेडेमीको आयोजनामा सम्पन्न दोस्रो एसईई अन्तर विद्यालयीय प्रश्नोत्तर प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा २७  टिमहरूले भाग लिएर आफ्नो ज्ञान र बुद्धिमत्ताको उत्कृष्ट प्रदर्शन गरेका थिए।

विजेता विद्यालयहरू:

 पहिलो स्थान : ब्राइट फ्युचर स्कूल
 दोस्रो स्थान : विजकिड स्कूल
 तेस्रो स्थान : विजकिड स्कूल
 चौथो स्थान : युनिभर्सल हायर सेकेन्डरी स्कूल

कार्यक्रममा प्रधान अतिथिको रूपमा बिनय श्रेष्ठको उपस्थित रहेको थियो। उनी पीक एजुकेसन नेटवर्कका संस्थापक प्रिन्सिपल तथा स्कूल्स अलायन्स फर एकेडेमिक ट्रान्सफर्मेसनका अध्यक्ष समेत हुन । श्रेष्ठले विद्यार्थीहरूलाई ज्ञान प्रतियोगितामा सहभागी हुनाले आत्मविश्वास बढाउने, तार्किक क्षमता अभिवृद्धि गर्ने र भविष्यमा सफल बन्न मद्दत गर्ने कुरामा जोड दिए ।

प्रतियोगिता अत्यन्तै रोमाञ्चक र ज्ञानवर्द्धक रह्यो, जहाँ सहभागी विद्यार्थीहरूले विज्ञान, गणित, इतिहास, सामाजिक अध्ययन, खेलकुद, प्रविधि लगायत विभिन्न विषयका प्रश्नहरूको उत्तर दिए।

कार्यक्रमको समग्र व्यवस्थापन तथा सञ्चालन कार्यक्रम संयोजक प्रेम बुढा (Quiz Master) ले गरेका थिए । उनले प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउनुका साथै विद्यार्थीहरूलाई मोटिभेट गर्दै उनीहरूलाई प्रतियोगिताका लागि तयार पार्न महत्वपूर्ण भूमिका र्निभाह गरेका थिए । उनकै मार्गदर्शनमा सहभागी विद्यार्थीहरूले आफ्नो ज्ञानलाई नयाँ उचाइमा पुर्‍याउन सफल भए ।

साइपाल एकेडेमीले हरेक वर्ष यस्तो शैक्षिक प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएको छ। आयोजक टोलीले सम्पूर्ण सहभागी विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद दिँदै आगामी वर्ष अझ भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने बताएको छ।

खबरपाटी
खबरपाटी